सुदूरखबर डटकम

दशैं कप फुटसल प्रतियोगिता: एक्सपर्ट, स्टार सिटी, विशाल र फ्रेन्डस युवा क्लब सेमिफाईनलमा

label जीवन बिष्ट query_builder October, 04 2019

धनगढी,असोज-१७ ।
धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भईरहेको दशैं कप फुटसल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा जित हात पार्दै एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेज विशाल युवा क्लब र स्टार सिटी सेमिफाईनलमा प्रवेश गरेका छन् ।


धनगढीको फल्याटल्याण्ड फुटसलको आयोजनामा भईरहेको दशैं कप फुटसलको दोस्रो खेलमा एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले फेवा फुटसल क्लबलार्ई ६—० ले हराएर सेमिफाईन पुग्यो । तेस्रो खेलमा विशाल युवा क्लबले फोटोन मोटर्स फारवेष्ट पशुपति युवा क्लबलाई ८—२ ले किनारा लगाएर सेमिफाईनल पुगेको छ । चौथो खेलमा फ्रेण्डन्स युथ क्लबले लाईट सोभरलाई ११—१ ले हराएर अन्तिम चारमा पुगेको छ । त्यस्तै आज भएको पाँचौ खेलमा स्टार सिटीले रम्बादेवीलाई ८—३ ले पन्छ्याउँदै सेमिफाईनलमा प्रवेश गरेको छ । यसअघि आज भएको पहिलो खेलमा स्टार सिटीले हटपटलाई १३—७ ले हराएको थियो ।


प्रतियोगिताको सेमिफाईनल र फाईनल भोली नै हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाईनलमा एक्सपर्ट एजुकेशन र विशाल युवा क्लब भिड्ने छन् भने दोस्रो सेमिफाईनलमा फ्रेन्डस् युवा क्लब र स्टार सिटी भिड्नेछन् ।
प्रतियोगिताको विजेताले नगद ३० हजार सहित टफी र मेडल तथा उपविजेताले नगद १५ हजार सहित टफी र मेडल पाउनेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई समेत नगद सहित पुरस्कार दिईनेछ ।

तपाईंको प्रतिक्रिया दिनुस्