सुदूरखबर डटकम

गजल

label समाचार प्रकाशक query_builder October, 05 2019

दशै अनि तिहारमा पुग्नै पर्छ साथी
खुशी बन्ने कल्पनामा लुक्नै पर्छ साथी

खर्च अनि पार्टी गर्ने यदी ईच्छा जाग्छ भने ?
औकात को पक्ष लिई भुक्नै पर्छ साथी

आफन्त र सहयात्रीको मन्मा आश गर्ने भए ?
अहिन्सा का पाटाहरुमा चुक्नै पर्छ साथी

गल्ती होला दशै भरी दोश लाग्दा पनि
आफनो गल्ती स्वीकारेर झुक्नै पर्छ साथी

कुरीती र कु संस्कार बदल्ने ईच्छा भए ?
अहिन्सा विगुलहरु फुक्नै पर्छ साथी

लक्ष्मीदत्त भट्ट
हाल महेन्द्रनगर, कञ्चनपुर

तपाईंको प्रतिक्रिया दिनुस्