सुदूरखबर डटकम

दशैँमा स्वादिलो खसीको मासु पकाउने सजिलो तरिका, नेपाली कुकको (विधि सहित भिडियो)

label समाचार प्रकाशक query_builder October, 06 2019

दशैंमा विशेष गरि खसीको मासुका परिकार खाने चलन छ । खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ । तर खसीको मासुमा केही कुरा थपेर मासुलाई थप स्वादिष्ट बनाउन सकिन्छ ।

आवश्यक सामग्री –

खसीको मासु ,टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी,जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल खुर्सानीको धुलो, तेजपत्ता सुकमेल लगायतका मसला।

विधि : सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने।
अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने । त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने । राम्रोसनग मोलेपछी छोपेर राख्ने ।

अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने । प्याज खैरो भएपछी टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने ।त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने । अब एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने । फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने । अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने । त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने । सम्पूर्ण जानकारीको लागि तलको भिडियो हेर्नूहो।

तपाईंको प्रतिक्रिया दिनुस्