सुदूरखबर डटकम

गजल

label समाचार प्रकाशक query_builder October, 06 2019

गाउँ घरजाने बाटो हिॅड्दा जाम देखें
दशैंले ढाकीसक्यो रमाइलो याम देखे

रातो माटो कमेरोले पोते होलान् घरहरु
आफ्नै देश,आफ्नै भेष सबै बस्ने ठाम देखे

शयपत्री, मखमली दुबो अनि बारी भरी
भानु आई पुर्वबाट पस्चिममा घाम देखे

शरदको मीठो हावा जताततै डुल्छ खेरी
रमाइलो चाड पर्व, मिठाे मिठाे माम देखे

आफन्तका साथ बसी दशैॅ मान्दा मान्दै यहाँ
निधार भरी टीका लगाई हात हातमा दाम देखे

भुली गए हुने भए जिन्दगी पलहरु
चरा सरी उडी उडी यतै मेराे गाम देखे

लक्ष्मीदत्त भट्ट
महेन्द्रनगर, कञ्चनपुर

तपाईंको प्रतिक्रिया दिनुस्