सुदूरखबर डटकम

मैले देखेको दशै , सभ्य र भव्य रुपमा मनाउन आग्रह, दशौंमा पुरानो मौलिकता हराउदै गरेको अनुभुती

label समाचार प्रकाशक query_builder October, 06 2019

राजेन्द्र सिह साउद/बैतडी,असोज- २०।
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसासंकृतिक देश हो । नेपाल मा हरेक जाती को आ-आफ्नै छुट्टै पहिचान र छुट्टै बिशेषता छ । नेपाल का सात वटै प्रदेश को फरक फरक पहिचान र आ आफ्नो परम्परा पनि रहि आएको छ। हरेक जाती को आ-आफ्नै रिती थिती , बोलिभाषा, चालचलन, रहनसहन, खानपान, भेषभुषा, चाडबाड पनि फरक फरक रहेको छ । ती चाडपर्व हरू मध्ये दशै बिशेष गरी सबै नेपाली हरू ले मनाउने महान चाड हो ।सम्पूर्ण नेपाली हरुको महान चाड भएका ले दशै लाई “बडादशैँ” भन्ने गरिन्छ।

बडादशैँ घटस्थापना को दिन जमरा राखिए संगै विजयादशमी अर्थात् दशै को सुरुवात हुन्छ। घटस्थापना देखि नवमी सम्म सम्म दुर्गा भवानीका नौ वटा स्वरूप को पूजा आराधना गरिन्छ भने अष्टमीका दिन यी नवदुर्गा भवानीको बिशेष पूजा आराधना गरिन्छ। बडादशैँको अष्टमी लाई महाअष्टमी भनिन्छ। त्यसैगरी दशौ दिन मा दुर्गा माता को पूजा आराधना गर्दै बिशेष साईतमा आफ्ना आफूभन्दा ठूला र अग्रज मान्यजन को हात बाट टिका र जमरा ग्रहण गर्दै पिङ खेल्दै आपस मा खुसी साटासाट गर्दै यो पर्व समापन गरिने चलन छ।
दशैको धार्मिक, सांस्कृतिक, सामाजिक, आध्यात्मिक, पारिवारिक मान्यता संगै राष्ट्रिय मान्यता बोकेको पर्व हो।दशै भन्ना साथ सबै नेपालीका मन हरू आफै मा हर्षित हुन्छन्।

दशै एक नेपाली हरू को मौलिक पहिचान बोकेको पर्व हो।यो पर्व नेपालीहरु ले विशेष रूपमा मनाइरहँदा सुदूरपश्चिममा पनि बिशेष रूपमा मनाउने चलन रहिआएको छ । सुदूरपश्चिममा पनि बिशेष मौलिकता का साथ घर घरमा जमरा राख्नु का साथै बिभिन्न मठमन्दिर मा पनि जमरा राख्ने चलन छ । दशैको बिशेष दिन अर्थात महाअष्टमी का दिन सुदूरपश्चिम का प्रमुख शक्तिपीठमा मेला लाग्ने गर्दछन जस्लाई सुदूरपश्चिममा जात्रा भन्ने गर्छन् ।

बडादशैँ लाई परापूर्वकालदेखि बिशेष महत्व का साथ देशै भर मनाइरहँदा पछिल्लो समयमा मौलिकता हराउदै गएको छ पर्बका नाम मा बिकृती,बिसङ्गती,जाँडरक्सी सेवन, जुवातास जस्ता नराम्रा क्रियाकलाप भित्रिदै गएका छन् । भने सुदूरपश्चिममा जात्रा को नाम मा रागा, खसि,बोका को बलि चढाउने प्रथा पनि जस्ता को त्यस्तै छ । आटेको, सोचेको पूरा हुन्छ भन्ने जनविश्वास का साथ सुदूरपश्चिममा बलि दिने चलन छ ।

त्यसैले नेपाली हरुको महान चाड अर्थात् मौलिक पर्व बडादशैँ मा तडकभडक भित्र्याउनु भन्दा कसैको देखासिकी नगरी आफू संग जे कुरा छ त्यसैमा सन्तुष्ट लिई सबैले ले सभ्य र भव्य तरिकाले मनाउनुपर्छ ।

साथै सुदूरपश्चिममा आटेको, सोचेको पूरा हुन्छ भन्ने जनविश्वास ले जुन बलि दिने प्रथा रहि आएको छ त्यो प्रथा को पनि रागा, खसि, बोका को पनि हाम्रै जस्तो शरीर हो , “कसैको शरीरको हत्या गरी आफू ले खुसी कमाउने चेष्टा गर्नु महापाप हो” भन्ने धारणा को आत्मसम्मान गरी बलि दिने प्रथा अन्त्य गर्नु पर्ने मेरो अभिप्राय छ ।

र अन्त्यमा जतिले पनि यो सुदूर खबर अनलाइन मिडिया हेर्नुहुन्छ पढ्नुहुन्छ तपाई सम्पूर्ण लाई बिजया दशमी सभ्य र भव्य तरिकाले मनाउनुपर्छ भन्ने शन्देस दिदै बडादशैँको पनि हार्दिक मङगलमयशुभकामना दिन चाहन्छु ।

तपाईंको प्रतिक्रिया दिनुस्